कार्तिक १५ गते बुर्तिबाङ
बागलुङको निसीखोला गाउँपालिकामा स्थापना भएको निसीखोला व्यापार व्यवसायी संघको प्रथम साधारण सभा तथा कर सचेतना कार्यक्रम शनिबार वडा नम्ब ४ मा सम्पन्न भएको छ ।
संघका अध्यक्ष चेतराम पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती प्रमुख अतिथिको रूपमा रहनु भएको थियो । गत बर्ष स्थापना भएको संस्थाले निसीखोला गाउँपालिका अन्र्तगतका व्यवसायीको हकहित, सरसफाई, बजार व्यवस्थापन, स्थानीय सरकार संग समोन्य गर्दे विभिन्न कार्यक्रम गाडी बढाउँदै आएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष घर्तीले निसीखोलाका व्यापारी तथा व्यवसायीहरूले संस्था स्थापना गरेर व्यवसायीको हक अधिार सुनिश्चत गर्दे, व्यवसाय बृद्धि गराउन र स्थानीय आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो ।
उहाँले कर प्रणालीप्रतिको सचेतना र व्यवसायीबीचको सहकार्यले स्थानीय विकासलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा अध्यक्षहरू चन्द्रसिंह रामजाली, कुविर विश्वकर्मा, टिकानिधि पौडेल, सुर्यमान घर्ती, उद्योग वाणिज्य संघ ढोरपाटनका अध्यक्ष ढालेन्द्र छन्त्याल, लायन्स क्लब अफ बुर्तिबाङकी अध्यक्ष शान्ति पौडेल, लायन्स क्लब अफ निसीखोलाका अध्यक्ष अशोक कार्की, निसीखोला निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप चन्द लगायत स्थानीय निकायका प्रतिनिधि, उद्योगी व्यवसायी तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको उपस्थिती रहेको थियो ।

त्यस्तै, कार्यक्रमका अन्य वक्ताहरूले बोल्दै व्यापार व्यवसायीहरूबीच एकता र पारदर्शी कारोवार नै दिगो आर्थिक विकासको आधार हुने बताएका थिए । संघले आगामी दिनमा व्यवसायीहरूको हकहित संरक्षण र स्थानीयस्तरमा व्यवसायिक वातावरण सुदृढ गर्न निरन्तर प्रयास गर्ने जनाएको छ ।
कार्यक्रममा अध्यक्ष पौडेल द्धारा संघको बार्षिक प्रगति प्रतिवेदन प्रतुत गरिएको थियो । त्यस्तै महासचिव र कोषाध्यक्ष द्धारा संस्थाको प्रगती र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको हो ।

कार्यक्रममा सहभागीहरूलाई आन्तरीक राजश्व कार्यालय बागलुङका राजन मणी शर्माद्धारा कर सम्बन्धी जानकारीमूलक सचेना तथा प्रशिक्षण दिनुभएको हो कार्यक्रम भुमिराज आर्चायको संचालनमा सम्पन्न भएको हो ।










