कार्तिक १३ गते बुर्तिबाङ
लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा कार्तिक १४ र १५ गते बागलुङको बुर्तिबाङ अस्पत्तालमा निःशुल्क स्पमा आँखाको चेकजाँच, उपचार तथा मोतियाविन्दु भएका विरामीको निःशुल्क रुपमा सल्यक्रिया शिविर हुने भएको छ ।
विगत लामो समय देखि प्रत्यक बर्ष शिविर गर्दे आएको क्लबले यसबर्ष पनी बागलुङका ४ पालिका सहित छिमेकी जिल्ला गुल्मिी, रुकुम लगाएतका नागरिकलाई लक्षित गर्दे दुई दिने शिविर सञ्चालन गर्न लागेको क्लबका अध्यक्ष तेजेन्द्र खत्रीले बताउनु भयो ।
शिविरलाई सफल बनाउन लायन्स क्लब अफ बुर्तिबाङ, लायन्स क्लब अफ निसीखोला सह आयोजकका रुपमा रहेका छन ।
धवलागिरी आँखा अस्पत्ताल बागलुङ, हिमालय आँखा अस्पत्ताल पोखरा, आई केयर फाउन्डेशनको प्राविधिक सहयोगमा हुने शिविरका निम्ती ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, नेपाल रेडक्रस उपशाखा बुर्तिबाङ, कर्म फलाईट्स फाउन्डेशन पोखरा र बुर्तिबाङ राईजिङ यूवा क्लबको समोन्य रहने भएको हो ।

भोली बिहान ७ः३० बजेदेखि सुरु हुने शिविरको आवस्यक तयारी भइसकेको लायन्स डिस्ट्रीक चियर पर्सन छविलाल पाण्डेले बताउनु भयो ।










