हिमपातले गर्दा अन्नपुर्ण बेस क्याम्प जान प्रशासनको रोक ।।

म्याग्दी । सोमबार राती देखिको वर्षा र हिमपातले गर्दा विश्व चर्चित अन्नपूर्ण वेस क्याम्प जाने पर्यटकका लागि यात्रामा पूर्ण रुपमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले म्याग्दी अन्नपूर्ण बेसक्यामको म्याग्दी तर्फको उत्तरी वेसमा जान रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जारी गर्नुभएको सूचनामा कार्तिक १० गते सोमबार बेलुका देखि १४ गते शुक्रबार बेलुका सम्म अन्नपूर्ण बेसक्याम जान रोक लगाइएको छ । हिमपातजन्य मौसमी जोखिमबाट नागरिकको सुरक्षाका निमित्त आवश्यक भूमिका निर्वाह गर्न सबै सरोकार वालालाई आग्रह गरीएको प्रजिअ तिवारीको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय म्यागदीे वर्षा र हिमपात भै रहेकोले म्याग्दी तर्फ अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक लगाएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ । सूचनामा सो स्थान पुग्नु भएका पर्यटकहरुलाई सहजीकरणको निम्ति नेपाल प्रहरी, सशस्त्र प्रहरीबल नेपाल र स्थानीय उद्दारकर्मी इन्द्रसिंह शेरचन थकाली सहिताके टोली गाउँपालिका सँग समन्वय गरी उक्त स्थान तर्फ लागेको समेत जनाएको छ । अन्य जानकारी तथा सूचनाका लागि प्रहरी, अन्नपूर्ण गाउँपालिका अध्यक्ष, स्थानीय उद्दारकर्मी शेरचनलाई सम्पर्क गर्न समेत आग्रह गरीएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img