लायन्स क्लब निसीखोलाले गर्यो आगोलागी पिडित हुम बहादुरको परिवारलाई सहयोग ।

कार्तिक ११ गते बुर्तिबाङ
गत कार्तिक ८ गते साँझ घरमा अचानक आगोलागी भई घर सहित घरमा रहेका सम्पूर्ण सामान, लत्ता, कपडा, खाध्यान्ह जलेर नष्ट हुँदा पिडित बनेका निसीखोला १ पाखापानी स्थित हुम बहादुर वि.क. को परिवारलाई निसीखोला लायन्स क्लबको तर्फदेखि राहात हस्तान्त्रण गरिएको छ ।

सोमबार पिडितको घरमा पुगेर क्लबका अध्यक्ष अशोक कार्की सहितको टोलीले पचास हजार मूल्य बराबरको खाध्यान्ह, लत्ता कपडा र भाँडा कुँडा सहित नगद नौँ हजार रुपैयाँ आर्थिक सहयोग गरीएको छ ।

यसै बर्ष स्थापना भएको उक्त क्लबले पदाधिकारीबाट संकलन गरीएको रकम पचास हजार सहित समाजसेवी डाल बहादुर कुवँर द्धारा पाँच हजार तथा बुर्तिबाङ बस्दै आउनु भएका विमल कुवँर र श्रीमती पार्वती कुवँरद्धारा चार हजार रुपैयाँ गरी ९ हजार रुपैयाँ नगद रकम हस्तान्त्रण गरीएको जनाइएको छ ।

हस्तान्त्रण कार्यक्रममा क्लबको तर्फदेखि अध्यक्ष अशोक कार्की, प्रथम उपाध्यक्ष भरत पून, दिर्तिय उपाध्यक्ष चेतराम पौडेल, तिर्तिय उपाध्यक्ष डाल बहादुर कुवँर, सचिब शिव कार्की लगाएतको उपश्थितीमा हस्तान्त्रण गरीएको हो ।

आगोलागीबाट पिडित बनेको परिवारलाई क्लबले घरमै पुगेर राहात उपलब्ध गराएसंगै आफुहरुलाई थुप्रै राहात पुगेको पिडित परिवारले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img