२०८२ कार्तिक १० बुर्तिबाङ,
बागलुङको बुर्तिबाङमा सोमबारदेखि सञ्चालनमा आएको निःशुल्क महिला स्वास्थ्य शिविरको पहिलो दिनमै दुई सय सात जना महिलाले सेवा प्राप्त गरेका छन् ।
रोटरी क्लबको आयोजनामा सुरु गरिएको उक्त शिविरमा स्थानीय महिला स्वास्थ्य समस्यामाथि केन्द्रित गर्दे पाठ्यघर खसेको, पाठेघरको मुख तथा स्तन सम्बन्धी समस्याको चेकजाँच तथा उपचार सुरु भएको हो ।

शिविरको पहिलो दिनमा एक सय बीस जनाको स्कृनिङ गरीएको छ । त्यस्तै ९२ जनाको भिआइए टेस्ट गरीएको हो । भिआइए टेस्ट गरीएका मध्ये ५ जनाको पोजेटिभ देखिएपछि थप उपचारका निम्ती आयोजकले पोखरा रेफर गर्ने जनाइएको छ । शिविरमा एक सय तेइस जनाले भिडियो एक्स–रे सेवा लिएका थिए ।
परीक्षण गरिएको मध्ये एक जनाको सफल रुपमा शल्यक्रिया सर्जिकल अपरेसन समेत गरीएको आयोजकले जनाएको छ ।
रोटरी क्लब अफ बुर्तिबाङको सहयोगमा सञ्चालित यो शिविर कार्तिक १० गतेदेखि १३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

बुर्तिबाङ अस्पत्तालमा सञ्चालित शिविरलाई सफल पार्नका निम्ती रोटरी क्लब अफ फिस्टल पोखरा, रोटरी क्लब अफ क्यावेल रिभर क्यानडा, पेटर ब्राउज्ट क्यानडाको आयोजना, पोखरा ओम हस्पिटलको प्राविधिक सहयोग तथा रोटरी क्लक अफ बुर्तिबाङ, ढोरपाटन नगरपालिकाको स्थानीय समोन्यमा शिविर सम्पन्न हुन लागेको आयोजकले जनाएको हो ।
शिविरमा उपचार पश्चात थप उपचार आवस्यक पर्ने विरामीको निम्ती निःशुल्क उपचारका निम्ती पोखरा सम्म आवत जावतमा कुरुवा सहितको खान वस्न र यातायातको व्यवस्था गरीएको जनाइएको हो ।










