खुंखानीमा सव व्यवस्थापन स्थल तथा चौतारा ट्रस पूर्वाधार निर्माण समिति गठन ।।

                                                                     शिशिर विश्वोकर्मा ,

२०८२ असोज २४ , बुर्तिबाङ,
तमानखोला गाउँपालिका–५, खुंखानीमा सरसफाइ र सव व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउन भुमिराज सुन्चौरीको नेतृत्वमा १३ सदस्यीय समिति बिहिबार गठन गरिएको छ ।
यस समितिको नेतृत्व भुमिराज सुन्चौरीले गरेका छन् भने अन्य १२ जना सदस्यहरूमा स्थानीय महिला, युवा र सरोकारवालाहरूको समेत समावेश गरिएको छ ।

स्थानीय बगर खोला र शिङ्खोलाको संगम क्षेत्रमा सव व्यवस्थापन स्थल, चौतारा ट्रस, पिउनेपानी र महिला–पुरुष शौचालय निर्माणका लागि समिति औपचारिक रूपमा गठन भएको गरिएको छ ।
स्थानीय समुदायले साझा प्रयोजनका यस्ता पूर्वाधार निर्माणका लागि एकीकृत पहल सुरु गरेको जानकारी प्राप्त भएको छ । समितिका सदस्यका अनुसार यो अभियान कुनै एक व्यक्ति वा समूहको स्वार्थसँग नभई सामूहिक आवश्यकता र सामाजिक उत्तरदायित्वसँग जोडिएको साझा अभियान भएको बताएका छन् ।
यसले समुदायका सबै सदस्यका लागि सरसफाइ, विश्राम र अन्त्येष्टिका लागि आवश्यक सुविधाहरू उपलब्ध गराउने लक्ष्य लिएको छ ।
यस अभियान अन्तर्गत ट्रस, सव व्यवस्थापन स्थल, शौचालय तथा धारा निर्माणका लागि आवश्यक तयारी पूरा गरिएको समितिले जनाएको छ । साथै निर्माणका लागि आवश्यक कोष संकलनका उद्देश्यले बैंक खाता पनि खोलिएको छ ।
आर्थिक सहयोग गर्न चाहने महानुभावहरूले सो खातामा रकम जम्मा गरी पठाउन अनुरोध गरिएको समितिले जनाएको छ ।

समितिका अनुसार यो योजना सम्पन्न भएपछि खुंखानी र आसपासका बासिन्दा मात्र होइन, सम्पूर्ण तमानखोला क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन् ।
समाजको सामूहिक प्रयत्न र सहयोगका आधारमा अघि बढाइएको यस अभियानले स्थानीय एकता र विकासप्रतिको प्रतिबद्धता झल्काएको स्थानीयहरूले बताएका छन् ।
समितिको गठनसँगै अब स्थानीय तहमा सव व्यवस्थापन, चौतारा ट्रस निर्माण, पिउनेपानीको व्यवस्थापन र महिला–पुरुष शौचालय निर्माणको काम व्यवस्थित रूपमा अघि बढाइने भएको छ।
स्थानीयवासीहरूले यो समितिको गठनलाई सामूहिक विकासतर्फको महत्वपूर्ण कदमका रूपमा लिएका छन् । समितिले गाउँको सरसफाइ, वातावरणीय संरक्षण तथा आधारभूत सुविधाको विकासमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
गाउँपालिकाका प्रतिनिधिहरूका अनुसार, यो समिति नियमित बैठक, अनुगमन र प्रतिवेदनमार्फत योजनाको कार्यान्वयनमा पारदर्शिता र सहभागीता सुनिश्चित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img