बुर्तिबाङमा राइजिङ युवा क्लबको पहलमा बजार सरसफाइ अभियान सुरु ।। 

२०८२ असोज ६, बुर्तिबाङ,

बुर्तिबाङ राइजिङ युवा क्लबको नयाँ कार्यसमितिले सोमबारदेखि बजार क्षेत्रमा सरसफाइ अभियान सुरु गरेको छ । 

राइजिङ युवा क्लबको नयाँ कार्यसमितिको विशेष पहलमा सुरु गरिएको अभियानलाई निरन्तर अगाडि बढाइने क्लबका अध्यक्ष सुरज विश्वकर्मा बताए । दशैँतिहारको आगमन सँगै बजारलाई सफा, आकर्षक र व्यवस्थित बनाउने उद्देश्यका साथ थालिएको अभियानमा स्थानीय बासिन्दा, व्यापारी, विद्यार्थी तथा युवा लगायत नेपाल प्रहरीहरूको सक्रिय सहभागिता रहेको छ । 

बजार क्षेत्रमा फोहर व्यवस्थापन, नाली सफा गर्ने, प्लास्टिक तथा बोतल सङ्कलन गर्ने कामलाई प्राथमिकतामा राखिएको क्लबका अध्यक्षले जानकारी दिए । अभियानले सरसफाइप्रति स्थानीयलाई सचेत बनाउन पनि मद्दत गर्ने अपेक्षा गरिएको छ । व्यापारीहरूले समेत आफ्ना पसल अगाडि सफा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

राइजिङ युवा क्लबले यसअघि पनि विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।

यसपटक नयाँ कार्यसमिति गठन भएलगत्तै सुरु गरिएको सरसफाइ अभियानले क्लबको सामाजिक उत्तरदायित्वलाई अझ प्रष्ट पारेको सहभागीहरूले बताएका छन् ।

स्थानीय तहसँग समेत सहकार्य गर्दै यो अभियानलाई दीर्घकालीन रुपमा अघि बढाइने क्लबले जनाएको छ । 

आगामी दिनमा बजार मात्र नभई विद्यालय, सार्वजनिक स्थल र आसपासका टोलहरूमा पनि यस्ता सरसफाइ अभियान चलाइने तयारी भइरहेको क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img