२०८२ भाद्र २४ , बुर्तिबाङ,
शिशिर विश्वोकर्मा , बागलुङको तमानखोला गाउँपालिका–५ खुंखानीमा घटस्थापना विशेष मेला आगामी असोज ६ गतेबाट सुरु हुने भएको छ ।
बडा दशैंको आगमनसँगै आयोजना हुने यस मेलामा विविध सांस्कृतिक, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम रहने आयोजकले जानकारी दिएको छ मेलाको विशेष आकर्षणको रुपमा वडा स्तरिय भलिबल प्रतियोगिता राखिएको छ, जसमा राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागिता रहनेछ ।


खेलाडी मात्र होइन, खेलप्रेमीहरूको उत्साहजनक उपस्थिति रहने अपेक्षा गरिएको छ । यससँगै ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूले प्रस्तुत गर्ने सांगीतिक कार्यक्रम पनि मेलाको मुख्य आकर्षण बन्नेछ ।
आयोजक समितिका अनुसार मेलाले गाउँमा मात्र नभई आसपासका क्षेत्रमा समेत चहलपहल ल्याउने विश्वास गरिएको छ । साथै मेलाले स्थानीय संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न मद्दत पुग्नेछ ।
सम्पूर्ण खेलाडी, कलाकार, स्थानीयबासी तथा देशविदेशका महानुभावहरूलाई सुन्दर खुंखानी गाउँमा हार्दिक स्वागत गर्न आयोजक समितिले आह्वान गरेको छ ।










