२०८२ साउन १६ , बुर्तिबाङ , बागलुङको ढोरपाटन नगरपालिकामा दिगो पर्यटन प्रवद्र्धन परियोजना अन्तर्गत होमस्टे तथा होटल व्यवस्थापन सीप विकास तालिमको लागि सम्भावित युवा उद्यमी छनोट सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम शुक्रबार बुर्तिबाङमा सम्पन्न भएको छ ।
टी.डी.एच. वि .एम .जेट जर्मनीको आर्थिक सहयोग तथा विवाइसी बागलुङको साझेदारीमा सञ्चालित दिगो पर्यटन प्रवद्र्धन परियोजना अन्तर्गत निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकालाई लक्षित गरी आयोजित १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

नगरको विभिन्न वडाबाट सहभागी भएका युवाहरूमाझ भएको उक्त कार्यक्रमले स्थानीयस्तरमा पर्यटनसँग सम्बन्धित व्यवसायिक सीप विकासका लागि अग्रसर युवाहरूको पहिचान र छनोट गर्न महत््वपूर्ण योगदान पु¥याएको छ । कार्यक्रममा सहभागीहरूले पर्यटन क्षेत्रको सम्भावना, होमस्टे तथा होटल व्यवस्थापनमा आवश्यक सीप र तालिमको उपयोगिताका विषयमा सक्रिय छलफल गरेका थिए ।
कार्यक्रममा ढोरपाटन नगरपालिकाका कार्यवाहक नगर प्रमुख कल्याण कायत स्थानिय प्रतिनिधिहरू, ढोरपाटन नगरपालिकाका रोजगार संयोजक हिरालाल खनाल ,दिगो पर्यटन प्रवद्र्धन परियोजनाका पदाधिकारी, तालिमदाता तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर कल्याण कायतले बोल्दै युवाहरूलाई स्थानीय सम्पदा, संस्कृति र प्राकृतिक सौन्दर्यको सदुपयोग गर्दै पर्यटन व्यवसायमा अगाडि बढ्न प्रेरित गरेको बताए । यस अन्तरक्रिया कार्यक्रमपछि छनोट भएका युवाहरुलाई आगामी दिनमा विशेष तालिम प्रदान गरिने र तिनीहरूको उद्यमशिलता अभिवृद्धिमा सहयोग पु¥याइने आयोजकले जानकारी दिएका छन् ।
ढोरपाटन नगरपालिकामा सम्पन्न उक्त कार्यक्रममा होमस्टे तथा होटल व्यवस्थापन सीप विकास तालिमको लागि सम्भावित युवा उद्यमीको छनोट प्रक्रियाका सन्दर्भमा स्थानीय युवा, जनप्रतिनिधि तथा सरोकारवाला निकायबीच विचार आदानप्रदान गरियो ।
कार्यक्रममा सहभागीहरूले दिगो पर्यटनको अवधारणा, स्थानीय सम्पदाको संरक्षण र प्रवद्र्धन, पर्यटनमैत्री सेवा प्रवाहका लागि आवश्यक सीप तथा तालिमको उपयोगिता विषयमा खुलेर छलफल गरेका थिए ।
कार्यक्रममा निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका जनप्रतिनिधि, स्थानीय युवा उद्यमी, सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
अन्तरक्रिया कार्यक्रम मार्फत चयन गरिएका सम्भावित युवा उद्यमीहरूलाई आगामी दिनमा होमस्टे तथा होटल व्यवस्थापन सम्बन्धी विशेष तालिममा सहभागी गराइने र तिनीहरूको सीप विकास तथा उद्यमशिलताको प्रवद्र्धनमा सघाउने योजना रहेको बिवाइसी बागलुङका सामाजिक परिचालक अधिकृत ओम सिर्पालीले जानकारी दिनुभयो
।