२०८२ साउन ,११ गते बुर्तिबाङ, इलाका प्रहरी कार्यालय बुर्तिबाङले नेपाल पुलिस क्लबका भलिबल खेलाडीहरूलाई आइतबार भलिवल खेलमा उत्कृष्ट भएसंगै एक कार्यक्रम सहित विशेष सम्मान गरेको छ ।
एक औपचारिक कार्यक्रमबीच खेलाडीहरूलाई खादा ओढाई र अविर लगाएर सम्मान गरिएको हो । नेपाल पुलिस क्लबको टोली रुकुमको टकसेरामा आयोजीत भलिवल खेल प्रतियोगितामा विजयी हासिल गरेर फर्कने क्रममा सम्मान गरिएको हो ।
उनीहरूको उत्कृष्ट प्रदर्शन र अनुशासित व्यवहारप्रति सम्मान प्रकट गर्न इलाका प्रहरी कार्यालयले यस्तो कार्यक्रम आयोजना गरेको जनाइको छ ।
कार्यक्रममा सम्बोधन गर्दै इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख आनन्द वस्नेतले खेलकुदले राष्ट्रिय एकता र सामाजिक सद्भाव बढाउने उल्लेख गर्दै नेपाल पुलिस क्लबका खेलाडिले भलिबल खेलमा देखाएको अनुशासन, समर्पण र लगनशीलताको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा स्थानिय प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी तथा खेलप्रेमीहरूको समेत उपस्थिति थियो । सम्मानित खेलाडीहरूले यस्ता सम्मानले आफूहरूलाई अझ प्रेरित बनाउने प्रतिक्रिया दिएका छन् ।
यसरी सुरक्षा निकाय र खेल क्षेत्रको सहकार्यले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरेका छन् ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङद्वारा नेपाल पुलिस क्लबका भलिबल खेलाडीलाई सम्मान ।

