पर्यटकको गन्तव्य बन्दै ढोरपाटनको जलजला : प्रचारप्रचारको अभावले ओझेलमा ।।

०८२ साउन ३, बुर्तिबाङ,
शिशिर विश्वोकर्मा , बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा अवस्थित जलजला क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
अग्ला डाँडा, फाँट, हरियाली र हिमश्रृङ्खलाको मनोरम दृश्यले सजिएको जलजला पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । तर, प्रचार–प्रसारको अभावले यो रमणीय स्थल अझै पनि ओझेलमा परेको छ ।
स्थानीय बासिन्दाका अनुसार गर्मी याममा हिमाली फाँटमा फुल्ने विभिन्न जातका जडीबुटी, वनस्पति र रङ्गीचङ्गी फूलहरूले जलजलालाई थप आकर्षक बनाउँछन्। त्यहाँबाट देखिने धौलागिरी, गुर्जा, पुथा, छुरेन हिमालको दृश्यले जो–कोहीलाई मोहित बनाउँछ। तर पहुँच मार्गको अपुग, पूर्वाधारको कमी र प्रसारको कमजोरीले जलजला अझैसम्म पनि गन्तव्यको रूपमा स्थापित हुन सकेको छैन ।
“यहाँको दृश्य एक पटक हेर्नेबित्तिकै फर्केर जान मन लाग्दैन,“ स्थानीय युवा गंगा बुढाले भन्नुभयो, “तर सरकार वा पर्यटन निकायले खास चासो नदिएकाले यसको प्रचार कम भएको छ ।
हालैका वर्षहरूमा केही ट्राभल ब्लगर र युवा घुमन्ते समूहहरूले जलजलाको तस्बिर सामाजिक सञ्जालमार्फत शेयर गर्न थालेपछि यसको चर्चा विस्तार भएको छ । यद्यपि, जलजलासम्म पुग्ने बाटो अझै पनि जोखिमपूर्ण र अव्यवस्थित छ ।
विशेष गरी प्राकृतिक दृश्यावलोकन, हिमाली जैविक विविधता, गोठ संस्कृति र ट्रेकिङ अनुभवका लागि जलजला उपयुक्त मानिन्छ। पर्यटकीय सम्भावना भए पनि जलजला अझै प्राथमिकतामा पर्न सकेको छैन। स्थानीय सरकार र सरोकारवाला निकायहरूबाट आवश्यक लगानी र योजनाबद्ध प्रचार अभियान भए जलजला बागलुङको एक प्रमुख पर्यटन केन्द्र बन्न सक्ने सम्भावना प्रवल छ ।
बागलुङको ढोरपाटन नगरपालिका–९ र म्याग्दीको सिमानामा अवस्थित जलजला क्षेत्र पछिल्लो समय पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । समुद्री सतहदेखि करिब ३२९० मिटरको उचाइमा रहेको यस क्षेत्रले हिउँदको समयमा हजारौं पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
हालै सडक विस्तारपछि जलजला पुग्न झन सहज भएको छ । ढोरपाटनको गुर्जाघाटदेखि करिब १२ किलोमिटरको दूरीमा पर्ने जलजलासम्म सवारी साधनले पुग्न सक्ने भएपछि हिउँदका दिनहरूमा दैनिक हजारौं आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्ने गरेको स्थानीयले बताएका छन् ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रबाट हिमश्रृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ भने हरियाली फाँट, वनस्पति र मौसमी हिउँले सजिएको डाँडाकाँडा पर्यटकलाई लोभ्याउने प्रमुख कारण हुन्।
तर, पर्याप्त प्रचारप्रसार नहुँदा जलजला क्षेत्र अझै पनि धेरैको जानकारीभन्दा बाहिरै रहेको छ । स्थानियको भनाइ अनुसार, वर्षायाममा ठाउँ–ठाउँमा खोलाहरू टार्नुपर्ने, सवारी साधन नपुग्ने अवस्था हुने भएकाले यो मौसममा जलजला पुग्न कठिनाइ हुने गरेको छ ।
पर्यटन विकासको सम्भावना उच्च रहेको जलजलालाई समुचित प्रचार, पूर्वाधार सुधार र नियमित यातायात सुविधा मिलाउन सके यसले ढोरपाटन क्षेत्रको पर्यटन र स्थानीय आर्थिक विकासमा टेवा पु¥याउने स्थानीय सरोकारवालाहरूको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img