निसीखोला–२ मा खेलकुद सामग्री वितरण तथा खेलाडी प्रोत्साहन कार्यक्रम सम्पन्न ।।

२०८२ असार २१ ,बुतिबाङ

निसीखोला गाउँपालिका–२ मा स्थानीय विद्यालय, क्लब र खेलाडीहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यले आयोजित खेलकुद सामग्री वितरण तथा खेलाडी प्रोत्साहन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको शुभारम्भ शिवशक्ति आधारभूत विद्यालयकी शिक्षिका श्रीमती छमकला बलालको स्वागत मन्तव्यबाट गरिएको थियो। कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष कुबिर विश्वकर्माले गर्नुभएको थियो भने तामबहादुर कुँवर, रामबहादुर कार्की र निमकुमारी विक विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
विद्यालय प्रतिनिधिहरूलाई भलिबल वितरण ,राष्ट्रपति रनिङ शिल्ड विजयी खेलाडीहरूलाई प्रमाणपत्र प्रदान गर्दै ,क्लब प्रतिनिधिहरूलाई नेत्र स्पेशल बल हस्तान्तरण ,वडा अन्तर्गतका सबै विद्यालयलाई एक÷एक थान भलिबल र स्किपिङ डोरी वितरण ,राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रमाणपत्रद्वारा सम्मान ,वडा भित्रका ५ वटा क्लबलाई नेत्र स्पेशल बल वितरण।
कार्यक्रममा शुभकामना मन्तव्य शिक्षिका छमकला बलाल, नीलकुमारी खत्री, र प्रेमबहादुर भण्डारीले राख्नुभएको थियो। वक्ताहरूले यस्तो कार्यक्रमले गाउँस्तरमा खेलकुद संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रमले खेलकुदको महत्त्व झल्काएको मात्र होइन, स्थानीय सरकारको शिक्षा र युवा सशक्तिकरणप्रति प्रतिबद्धता पनि देखाएको छ। सहभागीहरूको अनुहारमा देखिएको उत्साहले कार्यक्रमको सफलताको पुष्टि गरेको छ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img