ढोरपाटनद्वारा बजार क्षेत्रका गैरसरकारी स्वास्थ्य संस्थाहरूको अनुगमन ।।

२०८२ असार १२ गते बुर्तिबाङ
शिशिर विश्वोकर्मा , ढोरपाटन नगरपालिकाले बजार क्षेत्रका गैरसरकारी स्वास्थ्य सङ्घसंस्थाहरूको अनुगमन कार्य सुरु गरेको छ ।
नगरपालिकाको सामाजिक विकास शाखाको समन्वयमा गरिएको अनुगमनमा नगर क्षेत्रभित्र दर्ता भएका र सेवा सञ्चालन गरिरहेका गैरसरकारी स्वास्थ्य सङ्घसंस्थाहरूको कार्यप्रगति, कार्यक्रम, पारदर्शिता र समन्वय अवस्थाबारे अवलोकन गरिएको हो।
नगरपालिकाले गैरसरकारी स्वास्थ्य संस्थाहरूको नियमितता, आर्थिक लेनदेन, लक्षित समूहमा प्रभाव, तथा सरकारसँगको सहकार्यजस्ता पक्षहरूलाई प्राथमिकतामा राखेर अनुगमन गरिरहेको जनाइएको छ ।
ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धन बहादुर कायतका अनुसार, “गैरसरकारी स्वास्थ्य सङ्घसंस्थाहरूले जनहितका कार्यक्रमलाई प्रभावकारी बनाउनुका साथै पारदर्शिता र जवाफदेहितामा जोड दिन आवश्यक रहेको बताए । अनुगमनले सुधारका क्षेत्र पहिचान गर्न मद्दत गर्ने थमाई छ ।
स्वास्थ्य सेवा प्रणालीमा गुणस्तर, पारदर्शिता र जवाफदेहितालाई सुनिश्चित गर्न नगरपालिकाको नेतृत्वमा अनुगमन कार्य अघि बढाइएको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा गरिएको अनुगमनमा निजी क्लिनिक, फार्मेसी, ल्याब, उपचार केन्द्रलगायतका संस्थाहरूको दर्ता, नवीकरण, सेवा मापदण्ड, औषधि भण्डारण अवस्था, विशेषज्ञ जनशक्तिको उपस्थिति र मूल्यसूची लगायतका पक्षमा जाँच गरिएको थियो ।
स्वास्थ्य शाखा प्रमुख भुमेश्वर शर्माका अनुसार, “अनियमित, अवैज्ञानिक र नियमविपरीत सेवा प्रवाह गरिरहेका गैरसरकारी स्वास्थ्य संस्थाहरूलाई सचेत गराउनुका साथै आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ ।
अनुगमन टोलीमा नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत , अनुगमन समितिका अध्यक्ष खिम बहादुर घर्ती , वडा नम्बर १ का अडाध्यक्ष भान बहादुर छन्त्याल ,कार्यपालिका सदस्य दिलिप थापा, स्वास्थ्य शाखा प्रमुख भुमिश्वर शर्मा , इलाका प्रहरी कार्यलयको बुर्तिबाङका प्रहरी निरीक्षक आनन्द बस्नेत, सुरक्षाकर्मी ,सञ्चारकर्मी  र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए ।
ढोरपाटन नगरपालिकाले आगामी दिनमा सबै वडाका स्वास्थ्य संस्थाहरूलाई समेट्दै चरणबद्ध रूपमा अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img