लायन्स क्लब अफ बुर्तिबाङद्वारा जनज्योति विद्यालयलाई स्टेसनरी तथा झोला हस्तान्तरण ।।

२०८२ असार ११ गते बुर्तिबाङ
शिशिर विश्वोकर्मा ,लायन्स क्लब अफ बुर्तिबाङले ढोरपाटन नगरपालिका –४ भङ्गीमा रहेको जनज्योति आधारभूत विद्यालयलाई स्टेसनरी सामग्री र झोला हस्तान्तरण गरेको छ ।
ग्रामीण क्षेत्रका धेरै विद्यार्थीहरू आर्थिक अभावका कारण आवश्यक शैक्षिक सामग्री बिना विद्यालय जान विवश छन् । यस्ता विद्यार्थीहरूलाई लक्षित गर्दै क्लबले झोला, कापी, पेन्सिल,लगायतका सामग्री वितरण गरेको हो ।
शैक्षिक सामग्री अभावमा रहेका विद्यार्थीहरूको सहयोगका लागि क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग उपलब्ध गराएको हो । कार्यक्रममा बोल्दै क्लबका संस्थापक अध्यक्ष शान्ति पौडेले बालबालिकाको शिक्षा सहज बनाउने उद्देश्यले यस्तो सहयोग गरिएको बताएका हुन् ।
विद्यालय प्रशासनले क्लबप्रति धन्यवाद ज्ञापन गर्दै विद्यार्थीहरूका लागि प्राप्त सामग्रीले सिकाइमा सहजता पुग्ने विश्वास व्यक्त गरेको छ । स्थानीय तहसँग समन्वय गर्दै क्लबले गरिब, विपन्न तथा टाढा क्षेत्रका बालबालिकामा केन्द्रीत गरेर काम गर्दै आएको छ ।
लायन्स क्लब अफ बुर्तिबाङले शिक्षा क्षेत्रमा देखाएको सक्रियता पछिल्लो समय उल्लेखनीय बन्दै गएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत क्लबले विभिन्न विद्यालयहरूमा शैक्षिक सामग्री सहयोग, स्वास्थ्य कार्यक्रम, सरसफाइ अभियान लगायतका कार्य गर्दै आएको छ ।
विद्यालय प्रशासन र अभिभावकहरूले क्लबको प्रयासलाई सकारात्मक ठहर गरेका छन्। विद्यालयका प्रधानाध्यापकले भने, “सामग्री पाउँदा विद्यार्थीको अनुहारमा देखिएको खुसी नै हामीलाई प्रेरणा हो ।
लायन्स क्लबले यसअघि पनि विभिन्न पालिकामा शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण, वृक्षारोपण, रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य जाँच जस्ता कार्य गर्दै आएको छ।
सामाजिक अभियानमा अग्रसर लायन्स क्लबको यस्तो पहलले समुदायमा सकारात्मक प्रभाव पारेको छ भने अन्य सङ्घसंस्थालाई पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्न प्रेरणा मिलेको छ।
जनज्योति आधारभूत विद्यालयका उपप्राध्यापक गिता कार्कीले लायन्स क्लब अफ बुर्तिबाङको सहयोगले विद्यालय समुदायलाई ठूलो राहत मिलेको बताउनुभयो ।
“हाम्रा धेरै विद्यार्थीहरू शैक्षिक सामग्री अभावका कारण समस्या भोगिरहेका थिए। क्लबको यस्तो सहयोगले उनीहरूलाई अध्ययनप्रति थप उत्साहित बनाएको छ,“ प्रधानाध्यापक  कार्कीले भन्नुभयो। उहाँले यस्ता सहयोगले विद्यालयलाई थप जिम्मेवार र क्रियाशील बन्न प्रेरणा दिएको समेत बताउनुभयो।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ तथा स्थानीय जनप्रतिनिधिहरूले समेत क्लबको सामाजिक भावना र सहकार्यको खुलेर प्रशंसा गरेका छन्।
लायन्स क्लब अफ बुर्तिबाङले आगामी दिनहरूमा अझ व्यवस्थित र दीर्घकालीन सामाजिक योजनाहरू कार्यान्वयन गर्ने तयारी गरिरहेको छ। क्लब अध्यक्ष शान्ति पौडेलका अनुसार, “शिक्षा, स्वास्थ्य र वातावरणलाई प्राथमिकतामा राखेर आगामी वर्षभरि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नेछौं।“
हालै मात्र क्लबले ढोरपाटन नगरपालिका –४ स्थित भाङगीको जनज्योति आधारभूत विद्यालयमा स्टेसनरी सामग्री तथा झोला हस्तान्तरण गर्दै शैक्षिक सहयोगलाई निरन्तरता दिएको लायन्स क्लब अफ बुर्तिबाङकी सचिव भिमू क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img