निसिखोलाको नीति तथा कार्यक्रम  : आन्तरिक आयमा विशेष जोड् ।।

२०८२ असार १० गते बुर्तिबाङ
शिशिर विश्वोकर्मा
बागलुङको निसिखोला गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
निसिखोला गाँउपालिकाको  १६ औं  गाँउसभा तथा अधिवेशन मार्फत आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम निसीखोला गाँउपालिका अध्यक्ष सुर्य बहादुर घर्ती मगरले प्रस्तुत गर्नुभएको हो ।
निसिखोला गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा आन्तरिक आय स्रोत वृद्धिलाई प्रमुख प्राथमिकता दिएको छ। गाउँपालिकाले अब स्थानीय स्रोतसाधनको दिगो व्यवसायमार्फत आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको छ।
गाउँपालिकाले यस वर्षको नीति तथा कार्यक्रममा आन्तरिक आय स्रोतको वृद्धिलाई प्रमुख प्राथमिकता दिएको छ। स्थानीय स्रोत र साधनको दिगो व्यवस्थापन गर्दै गाउँपालिकाले आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने रणनीति अघि सारेको छ।
अध्यक्ष घर्तीले बताए अनुसार, “अब विकासका योजना बाह्य स्रोतको भर परेर मात्र होइन, आफ्नै स्रोत, साधनको उचित उपयोगमार्फत अघि बढाइनेछ।
पालिकाले आन्तरिक उत्पादन बढाई निर्यात वृद्धि गर्न तथा प्रर्याप्त मात्रामा रोजगारी सिर्जना गर्न कृषक, कृषि समुह निजी क्षेत्र, सहकारी र समुदायको साझेदारीमा उत्पादन र रोजगारीका लागि साझेदारी कार्यक्रम सञ्चालन गरी एकीकृत उत्पादन र बजारीकरणलाई जोड दिने, वितरणमुखी अनुदानलाई निरुत्साहित गर्दै उत्पादनमा आधारित अनुदान प्रणाली विस्तार गर्ने, पशुपन्छी उपचारमा थप जोड दिइनेछ
त्यस्तै गाउँपालिका स्तरीय आधारभुत प्रयोगशाला स्थापना गरी गुणस्तरीय सेवा प्रवाह कायम गर्ने, सहकारी अनुगमनलाई प्रभावकारी बनाउने, पाठ्यपुस्तक पठनपाठन कार्यलाई निरन्तरता दिदैँ आधारभुत तहमा स्वेच्छिक रुपमा स्थानीय भाषाको माध्यमबाट शिक्षण कार्यको सुरुवात गरिने, शिक्षण कार्यलाई प्रभावकारी र गुणस्तरीय बनाउन शिक्षकहरूलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय तालिम, अध्ययन, अवलोकन, भ्रमणको व्यवस्था गर्ने, सामुदायिक विद्यालयमा विद्यार्थी संङ्ख्या न्यून हुदैँ गएको र भौगोलिक रुपमा कठिनाइ भएको कारण एकीकृत  गरिनेछ ।
गुणस्तरीय शिक्षा कायम गर्नको लागि आवासीय विद्यालय निर्माणको लागि पूर्वाधार विकास गर्नुका साथै विद्यालय बस सञ्चालन गर्ने, आधारभूत स्वास्थ्य सेवामा गुणस्तर वृद्धि गर्न दक्ष जनशक्ति, पूर्वाधार तथा उपकरणको व्यवस्था गर्ने, ज्येष्ठ नगरीका, अशक्त तथा अपाङ्गहरूलाई घरमा नै नियमित स्वास्थ्य परीक्षण एवम औषधी उपलब्ध गराउने व्यवस्था मिलाउने, सामुदायिक स्वास्थ्य इकाई थप गर्दै लैजाने नीति लिएको छ ।
गाउँसभामा गाउँ सभा सदस्यहरू  चन्द्रसिंह रामजाली, कुविर विश्वकर्मा, तारानाथ  पौडेल, टिकानिधि पौडेल , रमेश विक्रम साहि , राजमोन बुदा ,खिम विक्रम साहि , दिपक कुवर, सुर्यमान मगर लगायतले नीति तथा कार्यक्रमका बारेमा सल्लाह, सुझाव तथा जिज्ञासाहरु राख्नुभएको थियो ।
त्यस्तै गाउपालिका भरका सबैभन्दा बदि राजश्व संकलन गर्ने वडा अध्यक्षलाई सम्मान समेत गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img