ढोरपाटन पिकअप दुर्घटना: अपडेट

 

बागलुङको ढोरपाटन नगरपालिका ५ स्थित अस्तु भन्ने स्थानमा शुक्रबार साँझ पिकअप जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै ज्यान गएको छ । अन्य सवार १४ जना गम्भिर घाइते भएका छन ।
बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका २ खल्बाङ अर्नाकोटका लागी छुटेको लुम्विनी प्रदेशको ०१ ००१ च १७७५ नम्बरको पिकअप दुर्घटनामा परेको हो । पिकअप सालझण्डी ढोरपाटन सडक खण्डको अस्तु भन्ने स्थानमा सडक देखि करिब १०० मिटर तल खसेको छ ।
घाइतेहरुको बुर्तिबाङ अस्पत्तालमा उपचार भइरहेको छ । घाइतेहरुको नामावली यस प्रकार रहेको छ । ढोरपाटन नगरपालिका २ बस्ने निरमाया खत्री, ढोरपाटन २ कै लक्ष्मि महत, सोही ठाउँका हितदेवी ,परियार, ढोरपाटन २ कै दुर्गी दर्जी, ढोरपाटन ५ का डल्लि विक, ढोरपाटन २ का अन्जु परियार, ढोरपाटन २ का वियानो बुढा, ढोरपाटन १ का शिशिर कार्की, ढोरपाटन २ का विनय बुढा, ढोरपाटन २ का गाडी चालक गोपाल थापा, ढोरपाटन ५ का तनमाया कुवँर, ढोरपाटन २ का मनकुमारी थापा, ढोरपाटन २ का टिका कुमारी कुवँर गम्भिर घाइते हुनुभएको हो ।

मृतक दुई जना सहित १ जना घाइतेको पहिचान खुल्न सकेको छैन । घाइतेहरुको उद्धार र उपचार सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img