निसीखोला २ ले गर्यो अन्तरजातीय विवाह गर्ने जोडी सम्मान र विद्यार्थीलाई स्टेसनरी हस्तान्तरण ।

 निसीखोला गाउँपालिका वडा नम्बर २ को आयोजनमा आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ ।

वडाले अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान, अभिभावक विहीन , गरिब, जेहेन्ददार विद्यार्थीलाई स्टेसनरी हस्तान्तरण र आधारभुत तह स्तरीय बक्तित्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । कार्यक्रमका अवसरमा अन्तरजातीय विवाह गर्ने ३ जोडीलाई सम्मानपत्र , नगद र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

बक्तित्वकला प्रतियोगितामा ७ जनाको सहभागिता रहेकामा जनहित आधारभुत विद्यालयका विद्यार्थी देवी घर्ति प्रथम, सोही विद्यालयका मुना खत्री दिर्तिय र चिरण परियार दिर्तिय भएका हुन । उत्कृष्ट हुने विद्यार्थीलाई विवाइसी अन्र्तगत दिगो परियोजनाको तर्फदेखि पुरस्कृत गरिएको थियो ।

वडा अध्यक्ष कुविर विश्वकर्माको अध्यक्षता, गाउँपालिका अध्यक्ष सुूर्य बहादुर घर्तिको प्रमुख आतिथ्यता रहेको कार्यक्रम विवाइसी का प्रतिनिधि ओम बहादुर सिर्पाली ले सञ्चालन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img