बागलुङको वडिगाड गाउँपालिका ५ मा निःशुल्क रुपमा आँखाका विरामीको चेकजाँच तथा मोतिविन्दुको सल्यक्रिया गरिएको छ । वडिगाड गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको शिविरमा ३६० जनाको आँखाको चेकजाँच संगै १९ जनाको मोतिविन्दुको सल्यक्रिया गरिएको लायन्स क्लब अफ धौलागिरीका अध्यक्ष गणेश महतोले बताउनु भयो ।
नेपाल नेत्र ज्वती संघ धौलागिरी आँखा अस्पत्ताल बागलुङ र हिमालय आँखा अस्पत्ताल पोखराको प्राविधिक सहयोग, लायन्स क्लब अफ धौलागिरीको सहआयोजनामा शिविर सम्पन्न भएको हो । शिविरले आखाका समस्या भएका विरामीलाई राहत पुगेको वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाले बताउनु भयो ।

ग्वालिचौर स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएको हो ।










