लायन्स क्लब अफ ढोरपाटन द्धारा निःशुल्क स्वास्थ्य चेकजाँच सँगै अर्नाकोट माध्यमिक विद्यालय खल्बाङमा विद्यार्थीलाई स्टेसनरी र पोशाक हस्तान्तरण गरिएको छ ।

विद्यालयको ५० औँ वार्षिकोत्सवका अवसरमा क्लबले कपी, कलम, सिसाकलम र अति जेहेन्दार विद्यार्थीका निम्ती विद्यालय पोशाक उपलब्ध गराइएको हो । त्यस्तै विद्यालयमा उपश्थित भएका अभिभावकलाई लक्षित गर्दे प्रेसर सुगर, पिसाब चेक मार्फत सर्ने नसर्ने रोगहरूको समेत परिक्षण गरिएको हो ।
स्वास्थ्यकर्मीहरूको टोलि द्धारा स्थानीय नागरिकको स्वास्थ्य परिक्षण गर्दे समस्या भएका बिरामीलाई आगामी जेठ १० गते हुने निःशुल्क शिविरमा सेवा लिन आग्रह गरिएको हो । क्लबका अध्यक्ष छविलाल पाण्डेको सक्रियतामा विद्यालयमा उक्त कार्यक्रमको आयोजना गरिएको बताउँदै अभियानलाई सफल पार्न सहयोग गर्ने व्यक्ति तथा दातालाई अध्यक्ष पाण्डेले धन्यबाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा कार्यक्रममा लायन्स क्लब अफ ३२५ के का डिस्ट्रीक चियर पर्सन रामप्रसाद आर्चाय, लायन्स क्लब अफ बुर्तिबाङका अध्यक्ष शान्ति पौडेल, लायन्स क्लब अफ ढोरपाटनका लायन बर्ष २०२५÷०२६ का अध्यक्ष तेजेन्द्र केसि, सचिब हेमेन्द्र घर्ति, कोषाध्यक्ष युवराज कँडेल, लायन सदस्य जित बहादुर कुवँर, किसान शाही, चुडामणि कँडेल र लायन्स कल्ब अफ बुर्तिबाङका सचिव भीम कुमारी क्षेत्रीको उपस्थिति रहेको थियो ।










