बुर्तिबाङमा पश्चिम बागलुङ रूपन्देही सम्पर्क केन्द्रको आयोजनामा वृहत स्वास्थ्य शिविर हुने ।।

बैशाख ३० गते बुर्तिबाङ
शिशिर विश्वकर्मा

बागलुङ बुर्तिबाङमा पश्चिम बागलुङ रूपन्देही सम्पर्क केन्द्रको आयोजनामा आगामी जेठ ९ र १० गते बुर्तिबाङ अस्पतालमा वृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । मङ्गलबार एक कार्यक्रमको आयोजना गरेर शिविरको बारेमा वैचारिक छलफल गरिएको हो । 

शिविरमा करिब एक हजार नागरिकलाई सेवा दिइनेछजसमध्ये OPD सेवा ,आँखा उपचार सेवा , दन्त सेवा , प्रजनन सम्बन्धि सेवा ,छाला सम्बन्धित उपचार ,स्त्री प्रजनन रोगको उपचार , वाल रोग, नसा सम्बन्धित रोगको उपचार लगायत अन्य रोगहरूको उचेर हुने भएको हो । 

पश्चिम बागलुङ रूपन्देही सम्पर्क केन्द्रका अध्यक्ष देव बहादुर कुँवरको अध्यक्षतामा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक नगर प्रमुख कल्याण कायतको प्रमुख आतिथ्यता , तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुदा , बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, जनप्रतिनिधि , समाजका अगुवाइ , बुद्धिजीवी , सुरक्षाकर्मी , सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रमका अवसरमा बोल्दै कुनै पनि आय स्रोत ,व्यवसायिक रूपले नभइ सामाजिक कार्य गर्ने हेतुले यहाँ आएर दर दराजका नागरिकहरूलाई सेवा दिने उद्देश्यले चार पालिका केन्द्रित स्वास्थ्य शिविरको आयोजना गरेको बताए । 

यस संस्थाले दूरदराजका गरिब विपन्न, जेहेन्दार , उत्पेदित वर्ग , स्वास्थ्यबाट बञ्चित नागरिकहरूलाई सेवा दिने उद्देश्यले यस संस्थाको स्थापना भएको संस्थापक अध्यक्ष देव बहादुर कुँवरले बताउनुभयो । यस शिविरमा चार पालिकाबाट करिव एक हजार नागरिकहरूले सेवा लिने छन् । 

कार्यक्रम पश्चिम बागलुङ रूपन्देही सम्पर्क केन्द्रका प्रवक्ता दिनेश घिमिरेको स्वागत मन्तव्य तथा महासचिव नरहरि भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img