बैशाख ७ गते बुर्तिबाङ
बागलुङ जिल्लाको निसिखोला गा.पा. वडा न ०७ मा रहेको राजकुत स्वास्थ्य चौकीमा शनिबार निःशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा ६२० जना सेवाग्राहीहरुले सेवा लिनु भएको थियो । जसमध्ये २२७ जनाले OPD सेवा, १९७ जनाले आँखाको सेवा, ६० जनाले दन्त सेवा र १३६ जनाले प्रजनन सम्बन्धि VIA सेवा प्राप्त गर्नु भएको हो ।

आँखाको चेकजाँच गर्दा १४ जनालाई मोतिया बिन्दु भएको र ११४ जनालाई चस्मा उपलबध गराइएको छ । वडा नं. ७ का वडा अध्यक्ष दिपक कुँवरले जानकारी दिनुभयो ।
निसिखोला गा.पा.वडा न ०७ वडाध्यक्ष दिपक कुँवरको अध्यक्षतामा आयोजित कार्यक्रममा निसिखोला गा.पा. उपाध्यक्ष श्री प्रेम बहादुर घर्ती मगरको प्रमुख आतिथ्यता, निसिखोला गा.पा. प्रमुख प्रशासकीय अधिकृत श्री जीवन पुन मगरको उपस्थिति एवम् मन्तव्य रहेको थियो ।
शिविरमा डा. क्षितिज कुँवर, डा. रचना सुवेदी ,डा. रुद्र बहादुर खत्री, डा. भावना अधिकारी र डा.सगित छ्न्त्यालले उपचार गर्नुभएको थियो । स्वास्थ्य चौकीले गाउँमा नै राम्रो सेवा सुविधा दिइएपछि स्थानीय बासीले खुसी हुँदै धन्यवाद व्यक्त गरेका थिए ।
राजकुत स्वास्थ्य चौकीको आयोजना, कर्मफलाइट्स फाउन्डेसन, पोखरा, नेपाल र निसीखोला गाउँपालिकाको सहजिकरणमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।