प्रभु बैक द्वारा बुर्तिबाङमा ग्लोबलमनीवीक २०२५ को अवसरमा र्‍याली

 


चैत्र ०४ ,गते ,बुर्तिबाङ
प्रभु बैङ्क लिमिटेड गण्डकी प्रदेशद्वारा बागलुङ जिल्लाको पश्चिम भेग बुर्तिबाङमा ग्लोबलमनीवीक २०२५ को अवसर पारेर सोमबार वित्तिय जनचेतनामूलक र्‍यालीको आयोजना गरिएको हो ।
“अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानी पूर्ण वित्तीय निर्णय गरौँ ” अरुका कुरा सुनौँ तर आधिकारिक कुरा सुनी निर्णय गरौं।” भन्ने मूलनाराका साथ आयोजित यस र्‍यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गरेको थियो ।
र्‍यालीमा सहभागीहरूले वित्तीय साक्षरता सम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेर बजार परिक्रमा गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञान बहादुर क्षेत्रीले ग्लोबलमनीवीकको महत्व र वित्तीय साक्षरताको आवश्यकताबारे प्रकाश पार्नुभयो ।
उहाँले बालबालिका, वृद्ध तथा युवापुस्तालाई बचत, लगानी र वित्तीय योजनाको महत्व बुझाउन यस्ता कार्यक्रमहरूले  महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
यस र्‍यालीको मुख्य उद्देश्य युवापुस्तालाई सानै देखि बचत गर्ने बानीको विकास गराउनु, वित्तीय योजनाको महत्व बुझाउनु र वित्तीय साक्षरताको प्रवर्द्धन गर्नुथियो ।
बैङ्कले आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
यस र्‍यालीमा सहभागी सम्पूर्णतालाई प्रभु बैँक बुर्तिबाङ शाखाले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img