तमानखोला गाउँपालिकाले सनिबार सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने

विनोद विश्वकर्मा,बुर्तिवाङ,बागलुङ

जिल्लाको तमानखोला गाउँपालिकाले सनिबार सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ ।

तमानखोला गउँपालिकाको आयोजना तथा गरिवी निवारणका लागि वातावरणिय स्वास्थय शिक्षा द्धारा सञ्चालित सामुदायिक रेडियो ढोरपाटन १०४.१ मेगाहर्ज बुर्तिबाङको सहजिकरणमा कार्यक्रम आयोजना गरिएको हो ।

तमानखोला गाउँपालिकाको चालुु आर्थिक वर्ष २०७९÷८० अन्र्तग विनियोजित बजेट तथा योजनाको कार्यसम्पादन लगायतलाई मध्यनजर गदै कार्यक्रमको आयोजना गरिएको तमानखोला गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्यालले जानकारी दिनु भयो ।

सुशासन ,सामाजिक उत्तरदायित्व,पारदर्शिता र जवाफ देहिता संगै पालिकामा भएका समस्या तथा समस्यालाई समाधानको लागि पालिकामा सक्रिय राजनितिक दल,बौद्धिक वर्ग,स्थानियको रचनात्मक सल्लाह सुझावलाई लिएर सम्बृद्ध तमानखोला निर्माणमा सहयोग पुग्ने भन्दै कार्यक्रम आयोजना गरिएको उपाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । कार्यक्रममा नयाँ जनप्रतिनिधि निर्वाचित भएको १ वर्ष भएको र १ वर्षको समयमा पालिका बाट भएका कार्यक्रमको वार्षिक समिक्षा समेत गरिने उपाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।

साथै उपाध्यक्ष छन्त्यालले पालिकाको विषयमा चासो राख्ने सबैलाई उपस्थितिको लागि अनुरोध समेत गर्नु भएको छ ।कार्यक्रम गाउँपालिकाको केन्द्र बोँगादोभानमा हुने छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img