प्रदेश सभा (ख) उमेद्वार को हुन त दोर्ण कुवंर

असोज ३१ गते
नेपाली काँग्रेसमा विद्यार्थी जीवनदेखि आफनो राजनितीक यात्रा सुरु गरेका युवा नेता दोर्ण कुवंर बागलुङ जिल्लाको साविक अधिकारीचौर गाउँविकास समिती वडा नं. ९ हाल ढोरपाटन नगरपालिका ५ को दुर्गम गाउँ मस्तिमा जन्मिएका हुन ।
बुबा सालिकराम कुवंर र आमा सिता कुवंर को कोखबाट जन्मिएका कुवंर विगत २०६५÷०६६ सालदेखि नै नेपाली कांग्रेसको सक्रिय राजनिती संगै समाज सेवामा होमिएका व्यक्ति हुन ।
बागलुङ जिल्लाको क्षेत्र नं. २ अन्र्तगत धैरै स्थानमा विकासका निम्ती सक्रिय रुपमा लागेका उनि पार्टीभित्रको राजनितीमा वडा सभापती हुँदै १३ औँ महादिवेशनमा क्षेत्रीय सभापती हुँदै अहिले केन्द्रिय महाधिवेशन प्रतिनिधीमा छन । १४ औँ महाधिवेशनबाट जिल्ला सभापतीको रुपमा होमीएका कुवँर अन्तत जित बहादुर शेरचनलाई समर्थन गर्दे पछि हटेका थिए ।
यसरी सुरु हुन्छ उनको राजनैतिक र सामाजिक यात्रा
आरआर क्याम्पस काठमान्डौमा अध्ययन गर्दे गर्दा विद्यार्थी जीवन १८ बर्षदेखि राजनितीमा लागेका कुवंर विशेष गरी २०६६÷०६७ देखिनै उनी दुर्गम मानिने पश्चिम बागलुङलाई अव सुगम वनाउनु पर्छ यस क्षेत्रमा चेतना तथा विकासको बृद्धि गर्नुपर्दछ भन्ने उदेश्य सहित राजनैतिक र सञ्चार क्षेत्रको विकासमा अगाडी बढे ।
२०६७ सालदेखि गरीवी निवारणका लागी वातावरणीय स्वास्थ्य शिक्षा नामक सँस्था स्थापना गरी यहाँका व्यवसाही, बौद्धिक व्यक्तित्व, शिक्षक, राष्ट्र सेवक कर्मचारी, उद्योगी लगाएतलाई समावेश गर्दे सामुदायिक रेडियो ढोरपाटन सञ्चालनमा ल्याए जसबाट धेरै जनाले आफनो क्षमता प्रस्फुटन गर्ने अवसर संगै सुचना र सञ्चारबाट पछि परेको पश्चिम बागलुङका नागरीकले त्यो सुविधा अहिलेसम्म पाइरहेका छन ।
नेपाली काँग्रेसको १३ औँ महाधिवेशनबाट क्षेत्रीय सभापती भएका कुवँरले ३ बर्षे कार्यकाल सफलता पुर्वक बिताए पार्टीको संगठन विस्तार देखि सबैलाई समान रुपमा मिलाएर आफनो कार्यकाल सफल बनाए ।
चेम्वर अफ कमर्स बागलुङको अध्यक्ष
नेता कुवँर उद्योगी व्यवसाहीको हक अधिकारलाई स्थापित गराउन र उद्योग व्यसायको विस्तार गर्ने उदेश्य सहित २०७५ सालमा चेम्वर अफ कमर्स बागलुङको अध्यक्ष वनेका उनले पालिका स्तरमा समेत त्यसको समिती गठन गरेर उद्योगी व्यवसाहीलाई अगाडी बढ्नमा प्रेरणा दिएका हुन ।
विपद व्यवस्थापन समिती कोष सम्मोन्य जिल्ला अध्यक्ष लगाएत अन्य धेरै संघसंस्थामा लागेका उनि अधिकांस समय जनताको घरदैलोमा पुग्ने र आफु पदमा नरहँदा पनी जनताको गुनासो सुन्ने, उनिहरुका समस्या बुझ्ने र विकासका काममा तल्लिन बन्दै गए ।
जहाँ समस्या त्यहाँ दोर्ण कुवँर
पार्टीको पद वाहेक कुनै सांसद मन्त्रि नहुँदा पनी आफनो क्षेत्रको विकास र समृद्धिका निम्ती बढि मात्रामा मन्त्रालय, उच्च स्तरका कर्मचारी, नेता तथा साँसद मन्त्रीलाई निरन्तर झकझक्याने र खानेपानी, विधुत, पुल, विद्यालय, सडक , सञ्चार, टटवन्ध निर्माण जस्ता विकासका निम्ती नेता कुवँरको थुप्र्रै योगदान रहेको छ ।
हक्कि स्वभावका कुवंर सबैको सुझाव लिने र आएका सुझाव गुनासो र समस्याको तत्काल सम्वोधनका निम्ती सक्रिय रहँदै आएका व्यक्ति हुन । उनलाई चाप्लुसी मन पर्देन वोलेका कुरा व्यवहारमा उर्तानुपर्दछ भन्ने मान्यता उनिमा छ ।

कुवँरले अझै बढि अर्नाकोट एर्यरपोर्ट सञ्चालनमा ल्याउने उदेश्य सहित गरेको योगदानको चर्चा बढि सुनिन्छ । पछि परिरहेको आफनो क्षेत्रलाई चाँडै विकास निर्माण र समृद्धिको मोडेलमा देख्न चाहाने उनि अर्नाकोट एर्यरपोट निर्माणका निम्ती करिव ५ बर्ष समय खर्चिय धेरै पटक एर्यरपोर्ट निर्माणका निम्ती सम्भाब्यता अध्ययन पनी भयो धेरै क्षेत्रबाट सम्भावित हुँदाहुँदै पनी थप पहुँच र सत्तामा आफु नपुग्दाको परिणाम स्वरुप केहि पछि प¥यो । कोभिड १९ को महाविपत्ती, बाढी पहिरो जस्ता जनताका समस्यामा विभिन्न निकायमा हार गुहार गर्दे आर्थिक सहयोग देखि राहात र स्वास्थ्य सामाग्रि हस्तान्त्रण कार्यमा निकै सक्रिय कुवंंर यस क्षेत्रको निम्ती विकास निर्माण क्षमता वान र आँटिला व्यक्ति हुन ।
यसपटक बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) तर्फ साझा गठवन्धनको तर्फदेखि प्रदेश सभामा उमेद्वारी दिएका कुवंरको मुख्य उदेश्य निसी भुजी तमान र ढोरपाटन क्षेत्रको विकास र परिवर्तन चाहान्छन पदमा नहुँदा समेत केहि न केहि विकास गरेर देखाउने उनी पदमा पुगेपछि केहि गर्न सक्ने सामार्थ वोकेका व्यक्ति हुन ।

बागलुङ पश्चिम क्षेत्रलाई छुट्टै जिल्ला बनाउने, पछि परेको ढोरपाटनलाई प्रर्यटन संग जोड्न पुर्वाधार तयार गर्ने, कृर्षि, प्रर्यटनको सम्भावनालाई अगाडी उठाउने, पछि परेका सडकलाई पुरा गर्ने र कालोपत्रे गर्ने, खेलकुद शिक्षा, स्वास्थ्य, खानेपानीको पहुँचलाई प्राथमिकता दिने उनको उदेश्य रहेको छ । यस क्षेत्रका विकास र सम्भावनाको विषयमा प्रस्ट ज्ञान र भिजन भएका कुवंर यस क्षेत्रको मुहार फेर्नकै निम्ती आफु सधा सर्वधा लाग्ने बताउँदै आएका छन । युवा तथा जेष्ठ नागरीकको मन मस्तिष्कमा रहेका कुवंर यतिवेला मंसिर ४ मा हुने निर्वाचनको परिणाम आफनो हातमा लिन जनताको माझमा पुगिसकेका छन ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img