बागलुङमा क्षेत्र नं. २ तर्फ चार सहित पाँच जनाको उमेद्वारी फिर्ता

बुर्तिबाङ असोज २६
आगामी मंसिर ४ गते हुने प्रदेश सभा र सँघिय सभा निर्वाचनमा उमेद्वारी दिएका मध्य क्षेत्र नंं २ मा ४ जना र १ मा १ जनाले आफनो उमेद्वारी फिर्ता लिएका छन । क्षेत्र नं. १ बाट प्रतिनिधी सभाका उमेद्वार कृष्ण संकर श्रेष्ठले बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफनो उमेदवारी फिर्ता लिएका हुन । क्षेत्र नंं २ मा प्रतिनिधी सभामा स्वतन्त्र उमेद्वारी दर्ता गराएका गणेश कुमार थापाले उमेद्वारी फिर्ता लिएका हुन ।
क्षेत्र नं. २ को प्रदेश सभा (क) तर्फ स्वतन्त्र उमेद्वारी दिएका भिमलाल पोख्रेल प्रदेश सभा (ख) तर्फ दिपक थापा र कर्मती पुलनले आफनो उमेद्वारी फिर्ता लिएका हुन । क्षेत्र नं. २ प्रतिनिधी सभा तर्फ ७ जनाको प्रतिस्प्रर्धा हुने छ । गठवन्धनको तर्फदेखि शिक्षा विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेल, नेकपा एमालेको तर्फदेखि मन्जु सर्मा, राष्ट्रिय जनमुक्ति पार्टीबाट चित्र प्रसाद गुरुङ, नेपाल दलित पार्टीबाट टेक प्रसाद कामी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तिला खत्री र स्वतनत्रबाट तुल्सीराम अर्याल, डिल बहादुर कार्कीको उमेद्वारी कायम रहेको हो ।
प्रदेश सभा (क) तर्फ गठवन्धनको तर्फदेखि नेपाली काँग्रेसका जिल्ला सभापती जित बहादुर शेरचन र स्वतन्त्र प्रकाश घर्ति मगर विच प्रतिस्प्रधा हुने देखिएको हो । उता क्षेत्र नं. २ प्रदेश सभा (ख) तर्फ ७ जनाको विचमा प्रतिस्प्रर्धा हुने देखिएको छ ।
गठवन्धनको तर्फदेखि नेपाली काँग्रेसका केन्द्रिय महाधिवेशन प्रतिनिधी दोर्णकुमार कुवंर, नेकपा एमालेका जिल्ला उपाध्यक्ष लक्ष्मण पुन, जनता समाजवादी पार्टीका गंगा बहादुर घर्ति, नेपाल दलीत पार्टीबाट टेक प्रसाद कामी, मंगोल नेशनल अर्गनाइजेशन बाट तारा बहादुर घर्ति मगर, स्वतन्त्र तर्फ नरबहादुर गुरुङ र दुर्गादेवी घर्तिको नाम निर्वाचन आयोगले अन्तिम नामावलीमा प्रकाशन गरेको निर्वाचन अधिकृत बावुराम पाण्डेले बताउनु भयो ।

यसैगरी उमेद्वारको निर्वाचन चिन्ह समेत आजै उपलब्ध गराइएको छ । स्वतन्त्र तर्फ प्रतिनिधी सभामा तुल्सीराम अर्याल सुर्यमुखि फुल, डिल बहादुर कार्कीको पुतली चिन्ह प्राप्त भएको हो । प्रदेश सभा (क) तर्फ प्रकाश घर्ति लालटिन प्रदेश सभा (ख) तर्फ नर बहादुर गुरुङ बिजुलीको चिम, दुर्गादेवी घर्ति जेव्रा चुनाव चिन्ह प्राप्त गर्नुभएको हो ।

बागलुङ क्ष्ँोत्र नं. १ तर्फ कार्यालयले प्रकाशित गरेको अन्तिम नामाबलीमा प्रतिनिधिसभा तर्फ ६ जना उमेदवार कायम रहेका छन् । कायम रहनेमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, एमालेका नेता सूर्य पाठक, राप्रपाका उमेदवार लक्ष्मी प्रसाद सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द सापकोटा, नेपाली कांग्रेस बिपीका शिवलाल सापकोटा र स्वतन्त्र उमेदवार चन्द्रबहादुर क्षेत्री छन् ।

प्रदेश तर्फ १ को १ मा ५ जनाको उमेदवारी कायम छ । ती मध्ये कांग्रेसका दिपेन्द्रबहादुर थापा, एमालेका हिराबहादुर केसी, राप्रपाका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर बिक र स्वतन्त्र उमेदवार दिपेन्द्र हमाल छन् । क्षेत्र नंं १ को २ मा ४ जना मात्रै उमेदवार कायम रहेका छन् । यो क्षेत्रमा कांग्रेसका डिल्लीराम सुवेदी, एमालेका नवराज पौडेल, राप्रपाका गोबिन्द सापकोटा र मंगोल नेशनल अर्गनाइजेसनका सहबीर थापा उमेदवार छन् ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img