निसीखोला गउँपालिकाको निर्णय र कार्य प्रति एमाले निसीखोलाको ध्यानाकर्षण ।।

बिनोद विश्वकर्मा , बुर्तिवाङ
नेकपा एमाले निसीखोलाले निसीखोला गाउँपालिकालाई १० बुदे माग सहितको ध्यानाकर्षण पत्र बुझाएको छ ।
निसीखोला गउँपालिकाले विभिन्न समयमा गरेका निर्णय र कार्यहरुप्रति नेकपा एमाले निसीखोलाको गम्भिर ध्यानाकार्षण भएको जनाएको हो ।

पालिकाले संविधान र कार्यविधिलाई वेवास्ता गदै मनोमानि ढंगले पहुँचको भरमा निर्णय गरेको कार्यले पालिका धरासायी बन्ने भन्दै तत्काल उक्त कार्यहरु एवं निर्णय सच्याई प्रचलित विधि र कार्यविधि अनुरुप तोकिएको मापदण्डका आधारमा गाउँपालिकालाई विधि पद्धतिमा चलाउन आग्रह आफ्नो १० बुदे माग सहितको ध्यानाकार्षण पत्र बुधबार गाउँपालिकामा पुगेर हस्तान्तरण गरेको छ ।

निसीखोला गउँपालिकाले विभिन्न सूचनालाई वेवसाईटमा नराखेको आर्थिक वर्ष २०७९÷८० को निति तथा कार्यक्रम र योजना स्वीकृत भएको पहिलो त्रैमासिक अवधिको अन्तिमसम्म पनि योजना कार्यान्वयनमा नभएकाले योजना सम्झौता गरी तत्काल कार्य अगाडी बढाउन,करार कर्मचारी नियुक्ति प्रक्रियामा वेथिति देखिएको भन्दै रोजगार सहायक नियुक्ति प्रक्रियामा नियम उल्लङ्घन भएको भन्दै छनोट समितिलाई तत्काल खारेज गरी नियमानुसार पुनःप्रक्रिया अघी बढाउन,योग्यता भएका प्रमुख प्रशासकिय अधिकृतलाई फिर्ता गर्ने र कार्यालयमा हाजिर नहुन धम्की दिएको भन्दै त्यस विषयमा ध्यानाकार्षण भएको र अगाडी प्रमुख प्रशासकिय अधिकृत धुर्व रिजाल र तत्काल सरुवा भई आएका चुर्ण बहादुर कार्कीलाई हाजिर हुन नदिनुको कारण स्पष्ट पार्न,जनप्रतिनिधिहरुनै हालसम्म विद्यालय व्यावस्थापन समितिको जिम्मेवारीमा रहेको भन्दै तत्काल हटउन , दरबन्दी मिलानको क्रममा गत आर्थिक वर्षमा थपिएका शिक्षक दरवन्दी वितरण गर्नुपर्नेमा हालसम्म पनि वितरण नगरेकाले तत्काल निश्पक्ष रुपमा दरबन्दी वितरण गर्न समेत एमालेले ध्यानाकार्षण पत्रमा उल्लेख गरेको छ ।

त्यस्तै तत्काल गाउँ शिक्षा समितिलाई पुर्णता दिई शिक्षका कार्यक्रमहरु समिति मार्फत अगाडी बढाउन ,चाडपर्व नजिकिएको तथा वर्षातले बाटाघटाहरु बन्द रहेकाले मर्मत सम्भार गर्न तथा म्याद नाघेको अखाद्य वस्तुहरुको विक्रिवितरण हुन सक्ने भन्दै बजार अनुगमन गर्न ,पलिकाले प्रदन गर्ने सेवासुविधाको नागारिक वडापत्रको व्यावस्था गरी पालिकाले दिने सेवाको समय आवश्यक कागजात र फाँट समेतको उल्लेख गरी छिटो छरितो सेवा उपलब्ध गराउन ,स्वास्थ्य विमा कार्यक्रम लगाएतका विपन्न तथा लक्षित कार्यक्रमहरु तत्काल कार्यान्वयनमा जैजान,दिर्घकालिन महत्वको सवालमा निर्णय लिनुपुर्व सरोकारवाला पक्ष सङ्ग छलफल गर्न समेत पत्रमा उल्लेख गरेको छ ।

हस्तान्तरण कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा निसीखोला कमिटी अध्यक्ष भुमिराज घर्तीले तत्काल समस्याको समाधान नभए अन्य आन्दोलनको कार्यक्रम गर्ने समेत बताए । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य मिलन हमालले ध्यानाकार्षण पत्र पढेर सुनाएका थिए । हमालले माग पुरा नगरेमा पालिकाले क्षेति व्याहोर्ने र त्यासको जिम्मेवारी पालिकाले लिनु पर्ने बताए ।

बुधबार पालिकामा अध्यक्ष, उपाध्यक्ष तथा निमित्त प्रमुख प्रशासकिय अधिकृत समेत नभएको कारण पालिकाका स्वास्थ्य शाखा प्रमुख टोप बहादुर चन्दलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रमको सञ्चालन नेकपा एमाले निसीखोला सचिव लोकिश्वर पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img